Section 157
मिलापत्र गर्न सक्ने
(१) यस ऐन अन्तर्गत श्रम अदालतमा चलेको मुद्दाको कारबाही जुनसुकै अवस्थामा पुगेको भए तापनि सम्बन्धित पक्षले दिएको निवेदनको आधारमाश्रमअदालतले त्यस्तो मुद्दा मिलापत्र गर्न,तामेलीमा राख्न वा फिर्ता लिन अनुमतिदिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम मुद्दा मिलापत्र गर्दा वा तामेलीमा राख्दा वा फिर्ता लिंदा कुनै किसिमको जरिबानावा बक्सौनीवा दस्तुर लाग्ने छैन ।